Market Closed

पूर्णिमा विकास बैंकले प्रथम त्रैमासमा कस्तो गर्यो कमाई ?

10 Nov,2017
  • purnima-bikas-bank-L__11_10_2017_1_36_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा २३.३८% ले कम हो । गत वर्ष पूर्णिमाले १ करोड ७१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैैकको खुद ब्याज आम्दानी पनि ७.६८% ले घटेर ३ करोड १८ लाख ६४ हजार रुपैयाँ भएको छ । गत वर्ष पूर्णिमाले ३ करोड ४५ लाख १८ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप २ अर्ब ४० करोबाट बढाएर २ अर्ब ५३ करोड ३ लाख ४७ हजार रुपैयाँ पुर्याएको यो बैंकले २० अर्ब ९९ करोड ९२ लाख ७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार रुपैयाँ रहेको पूर्णिमाको रिजर्भमा भने २२ करोड २ लाख ७४ हजार रुपैयाँ छ । यता, बैंकले गत वर्षको कमाईबाट १९.१९% बोनस सेयर र कर तिर्न १.०१% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको २५% हकप्रदपछि हुने कायम चुक्ता पुँजीबाट बोनस दिने जनाएको हो । यो घोषणा आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । बैंकले प्रोभिजनमा ३१ लाख ४६ हजार रुपैयाँ राखेको छ । बैंकको कस्ट अफ फन्ड ४.९७% बाट बढेर ७.३२% पुगेको छ । बैंकको कर्जा निक्षेप–अनुपात भने ६९.७५% बाट घटेर ६५.८१% आइएको छ । बैंकको खराब कर्जा ०.३६% छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी भने घटेर ११ रुपैयाँ ९५ पैसा (बार्षिक) झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ०१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६ पैसा (बार्षिक) र नेटवर्थ १५७ रुपैयाँ ०१ पैसा थियो । 
 
 
 

Post Your Comment