Market Closed

पूर्णिमाको खुद नाफा २१.८०% ले घट्नुमा के छ प्रमुख कारण ?

07 Feb,2018
  • purnima-bikas-bank-L_2_7_2018_11_45_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पूर्णिमाको नाफा गत वर्ष यही त्रैमासको भन्दा २१.८०% ले कम हो । गत वर्ष पूर्णिमाले ४ करोड ६६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि १५.३७% ले खुम्चिएर ७ करोड ३९ लाख ९१ ह्जार रुपैयाँमा आइपुगेको छ । गत वर्ष यो बैंकले ८ करोड ७४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोडबाट घटेर ५ करोड ५७ लाख ५२ हजार रुपैयाँमा ओर्लिएको छ । समग्रमा बैंकको खुद नाफा घट्नुमा ब्याज आम्दानी र सञ्चालन नाफा ओरालो लाग्नु नै मुख्य कारण मान्न सकिन्छ ।  
 
निक्षेप २ अर्ब ४३ करोडबाट बढाएर २ अर्ब ५८ करोड १० लाख ९२ हजार रुपैयाँ पुर्याएको पूर्णिमाले २ अर्ब २१ करोड ४२ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड ९० लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकले सम्भावित जोखिममा ३६ लाख ९४ हजार रुपैयाँ छुट्याएको छ । यता, खराब कर्जा पनि घटेर ०.२४% कायम भएको छ । गत वर्ष खराब कर्जा ०.३१% थियो । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा (वार्षिक) रहेको पूर्णिमाको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८७ पैसा छ । 
 
 
 
 

Post Your Comment