Market Closed

राधी विद्युत कम्पनीले पायो आइपीओ ल्याउने अनुमति, अब कहिले आउला ?

24 Oct,2017
  • ipo-hits-market_10_24_2017_2_04_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्दैछ । बोर्डबाट अनुमति पाएकाले अब निष्कासन प्रक्रिया अघि बढाउने कम्पनीको भनाई छ । यो आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई एक लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो । राधीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो । अब कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गरेर बाँकी पुँजी पुर्याउने लक्ष्य लिएको छ । 
 
 
 
 

Post Your Comment