Market Closed

राधीको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला, आस्वाबाट आवेदन

18 Dec,2017
  • IPO_12_18_2017_11_09_24.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीको आज (पुस ३ गते) देखि आइपीओ बिक्री खुला भएको छ । राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये कम्पनीले २% सेयर कर्मचारी र ५% सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने पुस १७ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्दैछ । राधीको आइपीओमा आवेदकले धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
 
राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस (हाल मस्र्याङ्दी) गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई एक लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो । राधीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो । अब कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गरेर बाँकी पुँजी पुर्याउने लक्ष्य लिएको छ ।

Post Your Comment