राधीको आइपीओमा १८ गुणा बढी आवेदन, ४४.१७% आवेदकले सेयर पाउने सम्भावना

24 Dec,2017
  • IPO_12_24_2017_3_20_32.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीको आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको छ । अहिलेसम्मको विवरण अनुसार यो आइपीओमा १ लाख ६० हजार ९६८ जना लगानीकर्ताले १ अर्ब २७ करोड ७४ लाख ४८ हजार ४०० रुपैयाँ बराबरको आवेदन दिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । कम्पनीका अनुसार अझै केही बैंकबाट विवरण आउँन बाँकी नै रहेकाले आवेदकको संख्या र रकम अझै बढ्नसक्नेछ । कम्पनीले निष्कासन गरेको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओमध्ये कर्मचारीलाई १५ हजार २९१ (२%) र सामूहिक लगानी कोषहरुलाई ३८ हजार २२७.५ (५%) कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ७ लाख ११ हजार ३१.५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो । यसमा १० कित्ताको दरले सेयर दिँदा ७१ हजार १०३ जनाले मात्र सेयर पाउने हुँदा बाँकी ८९ हजार ८६५ जना आवेदको हात खाली हुने भएको छ । यसआधारमा, अहिलेसम्मको विवरण अनुसार ४४.१७% आवेदकले सेयर पाउने देखिएको छ ।
 
राधीले पुस ३ गतेदेखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिनसक्ने  व्यवस्था गरिएको थियो । राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस (हाल मस्र्याङ्दी) गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई १ लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो । कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री बिक्री गरिसकेपछि बाँकी पुँजी पुग्नेछ । 

Post Your Comment