Market Closed

राधी हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुँदै, कतिले पाउलान सेयर ?

16 Jan,2018
  • IPO_initial_p_1_16_2018_5_10_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत कम्पनीको (हाइड्रोपावर) आइपीओ बुधबार (माघ ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अधिकृत विश्वनाथ उप्रेतीले बुधबार बिहान ९ बजे नारायणचौर नक्साल स्थित कम्पनीको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको बताए ।  राधीले पुस ३ देखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको थियो । यसमा न्यूनतम १० कित्ताका दरले सेयर दिँदा करिब ७१ हजार १०३ जनाले मात्र सेयर पाउने अवस्था छ । यस आधारमा झन्डै ८९ हजार ८६५ जना आवेदको हात खाली हुने प्रारम्भिक अनुमान छ । यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस (हाल मस्र्याङ्दी) गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई १ लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो । कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री बिक्री गरिसकेपछि बाँकी पुँजी पुग्नेछ । 
 

Post Your Comment