Market Closed

राधी विद्युत कम्पनीको आइतबार एजीएम बस्ने, १०% लाभांश प्रमुख एजेन्डा

10 Jul,2019
  • dividends_img_6_23_2019_10_46_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत् कम्पनीले आइतबार (असार २९ गते) साधारण सभा डाकेको छ । कम्पनीले १०% लाभांश अनुमोदन सहितका प्रस्तावहरु राखेर साधारण सभा डोकेको हो । सभा प्रयोजनका लागि कम्पनीले असार ९ गते सोमबारदेखि २२ सम्म बुक क्लोज गरेको छ । असार ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । 
 
राधीको गत जेठ २७ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५% बोनस सेयर र ५% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । 
 
सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि राखिएका छन् । राधीले गत वर्ष पनि ५% बोनस र ५% नगद गरी कुल १०% नै लाभांश दिएको थियो ।
 
राधीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ७२ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ छ । चैत मसान्तसम्म राधीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ । 

 राधीको साधारण सभामा के–के छन् एजेन्डा ? यहाँबाट हेर्नुहोस् । 

Post Your Comment