Market Closed

सिंहदरबार छिर्यो राष्ट्रिय वाणिज्य बैंक, प्रधानमन्त्रीले खोले पिता र सासुको खाता

15 Apr,2019
  • 1_4_15_2019_2_39_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबार परिसरमा शाखा खोलेको छ । बैंकको उक्त शाखाको नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले आइतबार उद्घाटन गरेका हुन् ।
 
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेपछि सरकारी आर्थिक कारोबार गर्न थप सहयोग पुग्ने बताएका छन् । योसँगै बैंकको शाखा कार्यालयको संख्या २१८ पुगेको छ । साथै, बैंकले १६५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ इकाई मार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको छ । 
 
प्रधानमन्त्री ओलीले पिता र सासुको बैंक खाता खोले :
 
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्ना पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यको बैंक खाता खोलिदिएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकको समृद्धि बचत खाता खोली नेपाल सरकारले सुरु गरेको सबैं नेपाली नागरिकको बैंक खाता खोल्ने राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।

Post Your Comment