सेयर भाउ सस्तो कि महँगो, चिन्नुहोस् २०० रुपैयाँ भन्दा कम र २००० भन्दा बढी मूल्यका कम्पनी

27 Nov,2017
  • share_price_11_27_2017_6_18_52.jpg
समिर गौतम 
 
काठमाडौं : पुँजी बजारमा सूचीकृत कम्पनीहरु थपिंदै जाँदा लगानीकर्ताहरुले सबै कम्पनीको बजार मूल्य, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपातलगायतका सूचकमा ध्यान दिन पनि कठिन हुने गरेको पाइन्छ । पछिल्लो समय सेयर बजार अस्थिर बनिरहँदा कुन कम्पनीको भाउ कति ? कुनको भाउ सस्तो अनि कसको बजार मूल्य माथि छ भन्ने जानकारी लिन खोज्ने लगानीकर्ता पनि थुप्रै भेटिने गरेका छन् । तर सस्तो वा महँगो हुनुमा कम्पनीको समग्र वित्तीय अवस्था, मुनाफा, प्रतिफलको भूमिका महत्वपूर्ण हुने गर्छ । यसैक्रममा हामीले सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको आधारमा २ सय रुपैयाँभन्दा कम र २ हजारभन्दा बढी भाउ कायम भएका कम्पनीहरुको विवरण पस्किने प्रयत्न गरेका छौं । समान्यतयः राम्रा वित्तीय सूचक भएका कम्पनीको सेयर मूल्य पनि उच्च नै हुने गरेको हुन्छ भने वित्तीय सूचकमा कमजोर देखिएका कम्पनीहरुको मूल्य निकै न्यून हुने गर्छ । तर कतिपय अवस्थामा राम्रै कम्पनीको भाउ पनि अवमूल्यन भइरहेको हुन सक्छ ।




यसैगरी, वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर मूल्य पनि कतिपय अवस्थामा विभिन्न कारणले आवश्यकता भन्दा धेरै माथि पुगेको हुन सक्छ । तर यसको विश्लेषण गर्ने जिम्मा भने लगानीकर्ता स्वयंको हो । सोमबार २७ वटा कम्पनीको सेयर कारोबार प्रतिकित्ता २ सय रुपैयाँ भन्दा कममा भएको छ भने १४ कम्पनीको सेयर कारोबार २ हजार रुपैयाँ भन्दा माथि भएको देखिन्छ । यिनीहरु नियमित कारोबार हुने कम्पनीहरुमा पनि पर्ने गरेका छन् । तुलनात्मक रुपमा हेर्दा अधिकांश कमजोर वित्तीय सूचक भएका कम्पनीहरुको मूल्य नै २०० रुपैयाँ भन्दा तल झरेको देखिन्छ । लगानीकर्ताले प्रतिसेयर आम्दानी सूचकलाई महत्वपूर्ण मानेका हुन सक्छन् । सेयर भाउ न्यून भएका कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र खुद नाफा निकै न्यून छ । प्रतिकित्ता २०० रुपैयाँ भन्दा कम भाउमा कारोबार हुनेमा वाणिज्य बैकसमेत परेको छ । सिभिल बैंकको सोमबार कारोबार १९७ रुपैयाँमा भएको छ ।



कतिपय कम्पनीमा सेयर संख्या अधिक हुँदा पनि आपूर्ति चाप परेको हुन सक्छ भने केहीमा संख्या कम भएकाले माग धेरै र आपूर्ति कम हुन सक्छ । लगानीकर्ताले त्यसमा पनि ख्याल गर्नुपर्ने हुन्छ । सेयर आपूर्ति धेरै हुँदा भाउ घट्न दबाब पर्न सक्छ । नेप्सेमा उच्च मूल्य भएका कम्पनीहरु पनि धेरै नै छन् । भाउ तुलनात्मकरुपमा बढी भएका मध्ये कतिपय कम्पनीको सेयर कारोबार नियमति नै हुने गरेको छ भने केहीको कारोबार फाट्टफुट्टमात्र हुने गरेको पाइन्छ । उदाहरणका लागि पछिल्लो समय राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार नियमित हुने गरेको छ भने युनिलिभर नेपालको कारोबार निकै कममात्र हुन्छ । सोमबार पनि राष्ट्रिय बिमा कम्पनीको कारोबार प्रतिकित्ता १५ हजार ५०२ रुपैयाँमा भएको छ । हाम्रो पुँजी बजारमा इन्सुरेन्स र लघुवित्त कम्पनीको सेयर भाउ तुलनात्मकरुपमा उच्च छ । जसका कारण यी समूहका सूचक पनि माथि देखिन्छ । 
 
 
 

Post Your Comment