Market Closed

राष्ट्रिय बिमा कम्पनीको ११४.२७% बोनस खातामै, वैशाख ७ पछि डिम्याट गर्नेको के हुन्छ ?

19 Dec,2017
  • rastriya_beema_company_ltd__12_19_2017_1_51_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले ११४.२७% बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको जनाएको छ । कम्पनीले वैशाख ७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको मात्र बोनस खातामा जम्मा गरिदिएको हो । वैशाख ७ गते भन्दा पछि सेयर डिम्याट गर्नेको पनि बोनस सेयर खातामै पठाइने कम्पनीले जनाएको छ । अहिलेसम्म पनि सेयर डिम्याट नगरेकाले तुरुन्त गरिहाल्न पनि कम्पनीले आग्रह गरेको छ । डिम्याट गरेपछि मात्र खातामा सेयर पठाइनेछ । कम्पनीले दिएको बोनस सेयर नेप्सेमा सूचीकृत भएर कारोबार पनि सुरु भइसकेको छ । हालसम्म पनि सेयर अभौतिकरण नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट गएर आफ्नो सेयर डिम्याट गर्न गर्न सक्नेछन् । वैशाख ७ सम्म कम्पनीको धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का गरिएको कम्पनीले जनाएको छ । तर उक्त मिति पश्चात सेयर रोक्का राखी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा भने बोनस सेयर रोक्का गरिएको छैन । कम्पनीको गत वैशाख २२ गते भएको साधारण सभाले ११४.२७% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।  

Post Your Comment