राष्ट्रिय बिमा कम्पनीको नाफा ४२.३७% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

13 Feb,2018
  • rastriya_beema_company_ltd_2_13_2018_12_13_15.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रिय बिमा कम्पनीको खुद नाफा ३७ करोड २५ लाख ४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद नाफा ४२.३७% ले वृद्धि गरेको हो । गत वर्ष यो इन्सुरेन्सको नाफा २६ करोड १६ लाख ३६ हजार रुपैयाँ मात्र थियो । कम्पनीले १२ करोड ८८ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क आय गरेको छ । गत वर्ष १० करोड ६२ लाख ५७ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यसपालि २१.२९% ले बढेको हो । पुनर्बिमा कमिसनबाट १ करोड ३८ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

दोस्रो त्रैमाससम्म राष्ट्रिय बिमा कम्पनीले कुल ३ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । ११४.२७ बोनस सेयर दिएपछि चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको हो । रिजर्भ कोषमा १ अर्ब ९८ करोड १४ लाख २१ हजार रुपैयाँ छ । यसैगरी, बिमा कोषमा पनि १ अर्ब २६ करोड ३० लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ । 
 
 
 
 

Post Your Comment