Market Closed

राष्ट्रिय बिमा कम्पनीको नाफा २०.०३ % ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

13 Nov,2019
  • rastriya_beema_company_lt_5_15_2018_11_25_38.jpg
नेपाली पैसा

काठमाडौं : राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २०.०३% ले बढी हो । गत वर्ष यसैअवधिमा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
 
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २८ पैसाले बढेर ९१ रुपैयाँ ५६ पैसा पुगेको छ । यता प्रतिसेयर नेटवर्थ पनि १४८ रुपैयाँ ४२ पैसाले बढेर १ हजार ३४ रुपैयाँ ५३ पैसा पुगेको छ । यसको बिमा कोष २८.७२% ले बढेर १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । रिजर्भ फन्ड १८.८८% ले बढेको छ । 

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । कम्पनीले गत वर्ष नै यो पुँजीबाट १२०% बोनस दिने घोषणा गरिसकेको भए पनि यो निर्णय कार्यान्वयन हुन सकेन । नियामक निकाय बिमा समितिले रोक लगाएपछि बोनस सेयर वितरण गर्न नसकिएको कम्पनीको भनाई छ ।

Post Your Comment