Market Closed

राष्ट्रिय बिमा कम्पनीले सार्वजनिक गर्यो ८६.६८% नाफा बढेको रिपोर्ट

14 Feb,2020
  • rastriya_beema_company_lt_5_15_2018_11_25_38.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३१ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ८६.६८% ले बढी हो । गत वर्ष यसैअवधिमा यस कम्पनीले १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोष ३४.४०% ले बढेर १ अर्ब ९३ करोड ७ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बिमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन भने २५ करोड ६७ लाख रुपैयाँबाट घटेर १४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा २ अर्ब ६४ करोड रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २३५ रुपैयाँ ८८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १ हजार ९३ रुपैयाँ ५० पैसा छ । 

राष्ट्रिय बिमा कम्पनीको वित्तीय विवरण । 
 

Post Your Comment