Market Closed

रिडी हाइड्रोपावरले चैत २२ देखि बोनस सेयर प्रमाणपत्र वितरण गर्ने, संथापक सेयर पनि भयो फुकुवा

02 Apr,2017
  • ridi-hydropower-development-company-ltd_4_2_2017_3_59_07.jpg
 नेपाली पैसा 
 
काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई दिएको ६% बोनस सेयरको प्रमाणपत्र चैत २२ गतेदेखि वितरण गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रधान कार्यालय, ट्रेड टावरको पाँचौ तल्लाबाट ६% बोनस सेयरको प्रमाणपत्र वितरण गर्ने भएको हो । प्रमाणपत्र लिन जाँदा सेयरधनीले नागरिकताको प्रतिलिपि अनिवार्य बोक्नुपर्नेछ । त्यस्तै, सेयरधनी स्वयं उपस्थित हुन नसकेमा मञ्जुरीनामा लिने व्यक्तिको नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । कम्पनीको १५ औं बार्षिक साधारण सभाले सेयरधनीलाई ६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 
 
यता, सेयर अभौतिकरण गरिसकेका सेयरधनीको भने बोनस सेयर हितग्राही खातामा पठाइसकिएको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले संस्थापक सेयर र कर्मचारी सेयर चैत १८ गते बाँडफाँट गरेको ३ वर्ष पूरा हुने भएकोले शुक्रबारकै दिन देखि सेयर कारोबार फुकुवा गरेको छ । हाल कम्पनीको सेयर पुँजी ४४ करोड ५५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी एक रुपैयाँ ६२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११० रुपैयाँ ५ पैसा छ । 
 
 

Post Your Comment