Market Closed

रिडी हाइड्रोपावरको प्रगतिमा बादल लाग्दा प्रतिसेयर आम्दानीको यस्तो हालत

17 Aug,2017
  • ridi-hydropower-developme_8_17_2017_5_13_00.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ लाख ५३ हजार २७७ रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको त्रैमासमा भन्दा ९८.६३% ले कम हो । अघिल्लो वर्ष यो हाइड्रोले १ करोड ८५ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । त्यस्तै, हाइड्रोको कुल आम्दानी पनि ७९.९६%  घटेर ८५ लाख ९५ हजार ५८३ रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४ करोड २९ लाख ७२५ रुपैयाँ थियो । रिडीले यो त्रैमासमा बिजुली बिक्रीबाट ७८ लाख ४० हजार ७९२ रुपैयाँ मात्र आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ८१.६४% ले कम हो ।

अघिल्लो वर्ष यो कम्पनीले बिजुली बिक्रीबाट ४ करोड २७ लाख १२ हजार ८८८ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सेयर पुँजी भने ४३.१% ले बढेर बढेर ४७ करोड २२ लाख ३० हजार रुपैयाँ भएको छ । अघिल्लो वर्ष कम्पनीको सेयर पुँजी ३३ करोड रुपैयाँ मात्र थियो । यस हाइड्रोको रिजर्भ कोषमा ३ करोड ९५ लाख ६१ हजार १६६ रुपैयाँ छ । रिडीको प्रतिसेयर आम्दानी पनि घटेर ५ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा (वार्षिक) थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ८५ पैसाबाट घटेर १०८ रुपैयाँ ३८ पैसा भएको छ ।  
 

Post Your Comment