Market Closed

रिडी हाइड्रोपावरको साधारण सभा स्टाफ कलेजमा सुरु हुदै, ६% बोनस प्रस्ताव

27 Oct,2017
  • ridi-hydropower_10_27_2017_10_36_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सोह्रौ वार्षिक साधारण सभा शुक्रबार (आज) ११ बजेबाट स्टाफ कलेज जावलाखेल ललितपुरमा सुरु हुँदैछ । सभामा कम्पनीले ६% बोनस र कर तिर्न ०.३१५७% नगद लाभांश दिने प्रस्ताव पेस गर्दैछ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीहरुले बोनस पाउने छन् । त्यस्तै, कम्पनीले अधिकृत पुँजी र जारी पुँजी वृद्धि गरेर १०० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेस गर्दैछ । रिडीले सभामा आर्थिक वर्ष २०७३।७४ को सञ्चालक समितिको प्रतिवेदन र २०७४ साल असार ३१ गतेसम्मको वासलात र नाफा नोक्सान सम्बन्धमा पनि छलफल गर्ने प्रस्ताव पनि पेस गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको हो । कात्तिक २९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनी दिने बोनस पाउनेछन् । हाल रिडीको सेयर पुँजी ४७ करोड २२ लाख ३० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ लाख ५३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
 

Post Your Comment