Market Closed

रिडी हाइड्रोपावरको खुद नाफा २५.९१% ले बढ्यो, रिजर्भ कोषमा कति छ पैसा ?

06 Feb,2018
  • ridi-hydropower-development-co_2_6_2018_11_20_57.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० लाख ८६ हजार १३१ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा २५.९१% ले वृद्धि भएको हो । गत वर्ष कम्पनीले ७२ लाख १६ हजार ३२८ रुपैयाँ खुद नाफा कमाएको थियो । रिडीले विद्युत बिक्रीबाट १ करोड ४३ लाख ३८ हजार २९५ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी १ करोड ४२ लाख ३८ हजार ४६७ रुपैयाँ थियो । कम्पनीको सेयर पुँजी ४४ करोड ५५ लाख रुपैयाँबाट बढेर ४७ करोड २२ लाख ३० हजार रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि बढेको छ । गत वर्ष ४ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको रिजर्भ कोष यसपालि ५ करोड ३९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । रिडीको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४३ पैसा रहेको छ ।
 
 

Post Your Comment