Market Closed

रिडी हाइड्रोपावरको ६% बोनस पाउन डिम्याट खाता अनिवार्य

20 Mar,2018
  • ridi-hydropower-development-company-ltd_3_20_2018_5_06_19.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६% बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिने भएको छ । कम्पनीले असोज २८ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीको खातामै बोनस जम्मा गरिने जनाएको छ । अहिलेसम्म सेयर डिम्याट नगरेका तथा डिम्याट खाता नखोलेका सेयरधनीले पनि बोनस पाउन डिम्याट खाता खोल्नुपर्नेछ । कम्पनीले नेप्से र सीडीएससीमा बोनस सेयर दर्ता भएपछि डिम्याट खातामा जम्मा गरिने जनाएको छ ।
 
कम्पनीले डिम्याट खाता नभएका सेयरधनीले खाता खोली सेयरधनीको नाम, सेयरधनी नम्बर, निक्षेप सदस्यको नाम र सेयरधनीको हस्ताक्षर सहितको निवेदन र खाता खोल्दा पाएको कन्फरमेसन लेटरसमेत बुझाउन आग्रह गरेको छ । रिडीले कात्तिक १० गते वार्षिक साधारण सभा गरी ६% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

Post Your Comment