Market Closed

रिडी हाइड्रोपावरको खुद नाफा ३२.६४% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

10 May,2018
  • ridi-hydropower-development-comp_5_10_2018_10_02_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिडी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२ लाख १८ हजार ९८० रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा ३२.६४% ले वृद्धि भएको हो । गत वर्ष ५४ लाख ४२ हजार ५३५ रुपैयाँ खुद नाफा कमाएको थियो । रिडीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएर १ करोड १६ लाख ५५ हजार ४५८ रुपैयाँ पुर्याएको छ ।

यो आम्दानी पनि गत वर्षको भन्दा १०.०५% ले धेरै हो । गत वर्ष बिद्युत बिक्रीबाट १ करोड ५ लाख ९० हजार ६९३ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सेयर पुँजी बढेर ५० करोड १० लाख रुपैयाँ भएको छ भने, रिजर्भ कोषमा ३ करोड ३६ लाख ६० हजार २४८ रुपैयाँ छ ।

गत वर्ष सेयर पुँजी ४७ करोड २२ लाख रुपैयाँ र रिजर्भ कोषमा ३ करोड ८६ लाख रुपैयाँ थियो । रिडीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७२ पैसा छ ।

http://www.nepalipaisa.com/documentviewer.aspx/RHPC/Ridi-Hydropower-Development-Company-Ltd./file/rhpc_q3_watermark_5_9_2018_10_57_45_AM.pdf
 

Post Your Comment