Market Closed

रिडी हाइड्रोपावरको १००% हकप्रद सेयर आउँदै, सोलार पावर बनाउन पुँजी जुटाउने योजना

03 Jul,2018
  • ridi-hydropower-development-company-ltd_7_3_2018_11_54_01.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावर कम्पनीले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार १०० रुपैयाँको १००% हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद प्रस्ताव कम्पनीले आगामी वार्षिक साधारण सभामा लैजानेछ ।
 
सभाबाट पारित भएपछि हकप्रद अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । रिडीले हकप्रद बिक्रपछि चुक्ता पुँजी १ अर्ब २१ लख १० हजार २०० रुपैयाँ पुर्याउने छ । कम्पनीले ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाका लागि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागिएको जनाएको छ ।
 
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२ लाख १८ हजार ९८० रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७२ पैसा छ ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुलाई हकप्रद जारी गर्न दिन धितोपत्र बोर्डले पनि केही कडाई गरेको छ । तर साधारण सभाबाट अनुमोदन गरी आवश्यक कागजपत्र पेस गरेपछि बोर्डले अनुमति दिन सक्नेछ । सोलार पावर बनाउन भन्दै कम्पनीले चुक्ता पुँजी दोब्बर पार्ने भनेपछि नियामकले यसलाई कसरी हेर्छ त्यो भने चासोको विषय नै हुनेछ । 

Post Your Comment