Market Closed

रिडी हाइड्रोपावरको खुद नाफा ३५.२५% ले बढ्यो, यस्तो देखियो प्रतिसेयर आम्दानी

06 Nov,2018
  • ridi-hydropower-development-company-ltd_9_4_2017_11_13_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ लाख ७० हजार २४४ रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ३५.२५% धेरै हो । गत वर्ष रिडीले ७१ लाख ४९ हजार ५९६ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
रिडीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १५.५८% बढेर १ करोड ५३ लाख ७५ हजार १५२ रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ करोड ३३ लाख १ हजार ४७० रुपैयाँ बिद्युतबाट आम्दानी गरेको थियो । कम्पनीले सेयर पुँजी पनि ४७ करोड २२ लाख ३० हजार रुपैयाँबाट बढाएर ५० करोड १० लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।

रिजर्भ कोषमा भने ४ करोड २६ लाख ४४ हजार ८८५ रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीलाई आधार मानेर हेर्दा रिडीको रिजर्भ कोष सबल देखिंदैन । रिडीको गत असोज २० गते सम्पन्न सभाले ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।

यसैगरी, बोनसपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा (वार्षिक) रहेको रिडीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ छ ।

रिडी हाइड्रोपावरको वित्तीय विवरण हेर्न यो लिंकमाा क्लिक गर्नुहोस् 
 

Post Your Comment