रिलायन्स फाइनान्सको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेश गर्न नेप्सेको निर्देशन

13 Mar,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले लाभांश सम्बन्धी निर्णय जानकारी गराउन विलम्ब गरेपछि सेयर कारोबार राक्का गरिएको नेप्सेले जनाएको छ । नेप्सेले रिलायन्सलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ । 
 
रिलायन्सको सञ्चालक समितिले आइतबार (फागुन २६ गते) नै २.६३% नगद लाभांश दिने निर्णय गरेपनि नेप्सेलाई भने मंगलबार मात्र जानकारी गराएको थियो । बजार मूल्यसँग सम्बन्ध राख्ने निर्णयहरु तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

Post Your Comment