रिलायन्सको १ लाख ८८ हजार कित्ता सेयर लिलामी भर्न अब कति बाँकी छ समय ?

13 Mar,2019
  • auction_img_3_13_2019_10_54_39.png
नेपाली पैसा 
 
काठमाडौं : रिलायन्स फाइनान्सको संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर लिलामी भर्ने शुक्रबार (चैत १ गते) अन्तिम दिन हो । यो लिलामीमा आवेदन दिन बुधबार सहित अब ३ दिन समय बाँकी छ । रिलायन्सले फागुन १७ गते देखि लिलामी सेयर खुला गरेको हो ।

यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४.५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामी ल्याइएको हो ।
 
 यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
दोस्रो बजारमा मंगलबार यस कम्पनीको साधारण समूहको सेयर प्रतिकित्ता ११६ रुपैयाँका दरले अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । तर यो संस्थापक समूहको लिलामी हो । संस्थापक समूहको सेयर कारोबार विधि र भाउ फरक हुने गर्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ । 

रिलायन्स फाइनान्सको सेयर लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment