Market Closed

रिलायन्स फाइनान्सले नेप्सेलाई पठायो स्पष्टीकरण, सेयर कारोबार फुकुवा

13 Mar,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले नेप्सेलाई स्पष्टीकरण पठाएपछि कारोबार फुकुवा भएको हो । स्पष्टीकरण सन्तोषजनक नभएपनि आगामी दिनमा गल्ती नदोहोर्याउन सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
 
लाभांश सम्बन्धी निर्णय जानकारी गराउन विलम्ब गरेपछि नेप्सेले २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै रिलायन्सको सेयर कारोबारमा समेत रोक लगाएको थियो । 
 
रिलायन्सको सञ्चालक समितिले आइतबार (फागुन २६ गते) नै २.६३% नगद लाभांश दिने निर्णय गरेपनि नेप्सेलाई भने मंगलबार मात्र जानकारी गराएको थियो । बजार मूल्यसँग सम्बन्ध राख्ने निर्णयहरु तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

Post Your Comment