Market Closed

रुरल माइक्रोफाइनान्स र सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

21 Dec,2017
  • Dividend_12_21_2017_11_02_45.jpg
नेपाली पैसा
 
काठमाडौं : रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । रुरलले पुस २८ मा हुने वार्षिक साधारण सभामा ५% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव गर्नेछ । यसका लागि कम्पनीले शुक्रबारदेखि बुक क्लोज गर्दैछ । लाभांश पाउन बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बन्नुपर्छ । यसकारण नयाँ लगानीकर्ताले पनि लाभांश सुरक्षित गर्न बिहीबार नै रुरलको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । यता, सिभिलले पनि पुस २१ गते साधारण सभा गर्न शुक्रबारदेखि नै बुक क्लोज गर्दैछ । सभामा कम्पनीले ४.५% बोनस सेयर र कर तिर्न ०.२३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसको लाभांश सुरक्षित गर्न पनि बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ । 

Post Your Comment