Market Closed

रुरल माइक्रोफाइनान्स र महिला सहयात्राको एजीएम हुँदै, के–के छन एजेन्डा ?

12 Jan,2018
  • agm1_1_12_2018_12_32_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको सभा शुक्रबार (पुस २८ गते) युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा साधारण सभा भइरहेको छ । सभामा कम्पनीले २०% लाभांश पारित गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँको ५% बोनस र १५% नगद लाभांश दिन लागेको हो । यसैगरी, कम्पनीको नाम संशोधनसहित प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखिएको छ । साधारण सभा गर्न कम्पनीले पुस ७ देखि शुक्रबार (पुस २८ गते)सम्म बुक क्लोज गरेको हो । पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने लाभांश पाउनेछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा कम्पनीको चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५% बोनसलाई जोडर यो पुँजी पुर्याएको हो । पहिलो त्रैमासमा रुरलले ५ करोड ७७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ५६ पैसा छ ।
 
यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सभा पनि शुक्रबार ( पुस २८ गते) कम्पनीको केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा बिहान ११ बजेबाट  सुरु भएको छ । सभामा महिलाले ५% नगद लाभांश दिने विशेष प्रस्ताव पेश गरेको छ । त्यसका लागि कम्पनीले ६० लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ । यस्तै, सभामा कम्पनीले उपयुक्त वित्तीय संस्थाहरु गाभ्न तथा गाभिनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि महिलाले पुस १० गते बुक क्लोज गरेको हो । 
 
 
 
 
 
 

Post Your Comment