Market Closed

रुरल माइक्रोफाइनान्सको लिलामी भर्ने समय २ दिन थपियो अब भदौ २५ सम्म

03 Sep,2017
  • rural-microfinance-development_9_3_2017_11_48_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको लिलामी सेयर भर्ने म्याद फेरि २ दिन थप गरिएको छ । यसमा अब भदौं २५ गतेसम्म आवेदन पाइनेछ । यसअघि रुरलले भदौ १५ देखि २३ गतेसम्म ८७ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बकर इदलगायतका सार्वजनिक परेकाले सेयर भर्ने म्याद २ दिन थप गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले प्रतिकित्ता न्यूततम ४०१ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद अब भदौ २५ गतेसम्म हुनेछ । यसअघि रुरलले असार १२ गतेदेखि १९ गतेसम्म ५०१ रुपैयाँ मूल्य तोकेर सर्वसाधारणले भर्न पाउने गरी लिलामीमा सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र एक हजार कित्तामात्र सेयर बिक्री भएपछि रुरलले बाँकी रहेको सेयरका लागि १०० रुपैयाँ भाउ कम गरी पुनः लिलामीमा ल्याएको हो । त्यस्तै, रुरलले यसअघि जेठ १६ देखि ३३ गतेसम्म ८८ हजार ५६४.७४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।
 
आवेदकले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको कित्ता दर लेख्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र भदौ २६ गते अपरान्ह ४ बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिनेछ । रुरलमा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलले काम गर्नेछ । हाल रुरलको चुक्ता पुँजी ६९ करोड २१ लख २० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रुरलले २१ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रुरलको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २९० रुपैयाँ ५ पैसा छ । 
 
  
 
 
 
 
 

Post Your Comment