रुरल माइक्रोफाइनान्सको २०% लाभांश, ५% बोनसका साथमा १५% नगद

06 Oct,2017
  • rural-microfinance-development-centre_10_6_2017_1_10_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले २०% लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कुल २०% लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । हाल रुरलको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रुरलले २१ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रुरलको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ २९० रुपैयाँ ५ पैसा रहेको छ ।

 
 
 
 
 

Post Your Comment