Market Closed

रुरल माइक्रोफाइनान्सको खुद नाफा ४४.८८% ले बढ्दा रिजर्भमा कति छ पैसा ?

09 Nov,2017
  • rural-microfinance-development-centre_11_9_2017_11_56_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : रुरल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४४.८८% ले धेरै हो । गत वर्ष रुरलले ३ करोड ९८ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ३०.३८% ले वृद्धि भएर ९ करोड ४६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष रुरलले ७ करोड २५ लाख ७९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा भने १ अर्ब २३ करोड ५८ लाख ७६ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ मात्र थियो । रुरलले ५% बोनस सेयर र १५% नगद लाभांश दिने घोषणा गरिसकेको छ । ५% बोनसपछि मात्र रुरलको चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको हो । प्रोभिजनमा २४ लाख ७१ हजार रुपैयाँ राखेको कम्पनीले कुनै पनि रकम राइट ब्याक भने गरको छैन । रुरलको खराब कर्जा भने सून्य रहेको छ । गत वर्ष खराब कर्जा ०.०१% रहेको थियो । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३९ पैसा (बार्षिक) रहेको रुरलको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ५६ पैसा छ । 
 
 

Post Your Comment