आरएसडीसीले खातामै पठाइदियो हकप्रद सेयर, नपाउनेले अब के गर्ने ?

19 Mar,2018
  • RSDC-laghubitta-bittiy_3_19_2018_11_41_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । भदौ १५ गतेसम्म सेयर अभौतिकरण गरेका सेयरधनीको हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिएको हो ।

भदौ १५ गतेपछि सेयर अभौतिकरण गरेकाहरुको हकप्रद सेयर पनि केही समयपछि डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । आरएसडीसीले असोज २ देखि कात्तिक २० गतेसम्म २३ लाख कित्ता (२००%) हकप्रद सेयर निष्कासन खुला गरेको थियो । 
 
तर, हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीलाई तत्काल गर्न पनि कम्पनीले आग्रह गरेको छ । एनआइबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर र चिप्लेढुंगा पोखरामा गएर डिम्याट गर्न सकिनेछ । अनि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा हकप्रद जम्मा हुनेछ ।

यता, भदौ १५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतपत्र प्राप्त गरेपछि मात्र खातामा हकप्रद जम्मा गरिने बैंकले जानकारी गराएको छ । भखैरै मात्र आरएसडीसीले ६०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता ९६०५० हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल मार्केटले गर्नेछ । हाल आरएसडीसीको चुक्ता पुँजी पुँजी ३४ करोड ३ लाख ७९ हजार रुपैयाँ छ ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड २८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५४ रुपैयाँ रहेको यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ५० पैसा छ ।   
 

Post Your Comment