आरएसडीसी लघुवित्तको खुद नाफा ४७.३२% बढ्यो, ६०% हकप्रद पनि आउँदै

03 May,2018
  • RSDC-laghubitta-bittiy_3__5_3_2018_10_57_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भन्दा नाफा ४७.३२% धेरै हो । गत वर्ष १ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६७.१८% र सञ्चालन नाफा ६३.१३% ले बढाउन कम्पनी सफल भएको छ । गत वर्ष २ करोड ७४ लाख ६५ हजार रुपैयाँ कमाएको यस कम्पनीले यो त्रैमासमा ४ करोड ५९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 
 
सञ्चालन नाफा पनि २ करोड २२ लाखबाट बढाएर ३ करोड ६२ लाख २३ हजार रुपैयाँ पुगेको छ । ब्याज कमाई बढेकाले नाफा सुधार्न सहयोग पुगेको हो । चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ६६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी बढाउने अभियानमा रहेको आरएसडीसीले २१ लाख ५९ हजार ७०० कित्ता (६०%) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि पनि यसले गत असोज २ देखि कात्तिक २० गतेसम्म २३ लाख २५ कित्ता (२००%) हकप्रद सेयर निष्कासन गरेको थियो ।

आरएसडीसीको खराब कर्जा ०.०९% छ । कस्ट अफ फन्ड पनि ८.५५% बाट बढेर ११.०५% भएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ । 

Post Your Comment