Market Closed

आरएसडीसी लघुवित्तले पायो ६०% हकप्रद बिक्री गर्ने अनुमति, कति पुग्छ चुक्ता पुँजी ?

10 May,2018
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_5_10_2018_4_28_26.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यही पुँजीबाट ६०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।

Post Your Comment