Market Closed

आरएसडीसी लघुवित्तको ६०% हकप्रदपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

05 Jun,2018
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_6_5_2018_10_53_41.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता ५४३.७५ रुपैयाँ कायम भएको छ । मंगलबार आरएसडीसीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । 
 
आरएसडीसीले ५ः३ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न लोगेको छ । यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गरेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । यही पुँजीको ६०% हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment