Market Closed

आरएसडीसी लघुवित्तको ६०% हकप्रद असार १७ देखि खुल्दै, कसरी भर्ने ?

12 Jun,2018
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_6_12_2018_10_27_51.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ६०% हकप्रद निष्कासन गर्ने भएको छ । आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागको हो । जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने साउन २० गते तोकिएको छ ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ ।
 
हाल आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।

Post Your Comment