Market Closed

सबैको लघुवित्तले साउन १ गतेबाट आइपीओ खुला गर्ने

10 Jul,2019
  • ipos_7_10_2019_5_22_43.jpeg
नेपाली पैसा 
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
 
लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सबैको लघुवित्तको आइपीओ साउन ५ गते सम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ३० गते सम्म भर्न पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

सबैको लघुवित्तको आइपीओ सम्बन्धी आव्हानपत्र यहाँबाट हेर्नुहोस् । 

Post Your Comment