महालक्ष्मी विकास बैंकको खुद नाफा ४२.५६% ले बढ्दा सांग्रिलाको प्रगतिलाई कसरी बुझ्ने ?

30 Jan,2018
  • financial-papers-on-table_1_30_2018_2_56_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ५४ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा रकम गत वर्षको यही त्रैमासको भन्दा ४२.५६% धेरै हो । गत वर्ष महालक्ष्मीले १४ करोड ४१ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ८९.६७% ले बढेर ४५ करोड ४३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष महालक्ष्मीले २३ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले २८ करोड ६८ लाख ४१ हजार रुपैयाँ राइट ब्याक गर्दा समग्र खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ । यता, बैंकको सञ्चालन नाफा भने घटेर ३ करोड ८० लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको सञ्चलन नाफा ११ करोड ३१ लाख ६८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा १ अर्ब ३० करोड ५० लाख ८३ हजार रुपैयाँ छ । बैंकको खराब कर्जामा थोरै सुधार हुँदै ३.३९% मा आइपुगेको छ । गत वर्ष खराब कर्जा अनुपात ३.७८% रहेको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा (वार्षिक) रहेको महालक्ष्मीको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ । 
 
यता, सांग्रिला डेभलपमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३.५५२% ले खुद नाफा बढाएर १६ करोड १ लाख ८२ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । बैंकले गत वर्ष १२ करोड ९६ लाख ७३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । सांग्रिलाको खुद ब्याज आम्दानी पनि ७.५३% ले बढेर ३५ करोड ६२ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सांग्रिलाले ३३ करोड ११ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सांग्रिलाको सञ्चालन नाफा पनि करिब २० करोडबाट बढेर २५ करोड १७ लाख ११ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७३ करोड २१ लाख १२ हजार रुपैयाँ छ । बैंकले पुस १७ देखि माघ २१ गतेसम्मको समय सीमा तोकेर १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता (८०%) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । हकप्रदपछि भने सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ । बैंकको खराब कर्जा थोरैले बढेर ०.८५% भएको छ । गत वर्ष खराब कर्जा ०.६८% थियो । 
 
महालक्ष्मी विकास बैंकको यस्तो छ रिपोर्ट 
http://www.nepalipaisa.com/documentviewer.aspx/MLBL/Mahalaxmi%20Bikas%20Bank%20Ltd./file/mahalaxmi_bikas_bank_ltd,_2nd_qtr_2074_75_1_29_2018_11_43_58_AM.pdf

साँग्रिला डेभलपमेन्ट बैंकको यस्तो आयो रिपोर्ट
http://www.nepalipaisa.com/documentviewer.aspx/SADBL/Shangrila%20Development%20Bank%20Ltd./file/shangrila_dbl,_2nd_qtr_(1st_part)_watermark_1_29_2018_11_16_12_AM.pdf
 
 

Post Your Comment