Market Closed

सांग्रिला डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २१ कात्तिक २०७३)

06 Nov,2016
  • shangri_la_dbl_resize_11_6_2016_11_52_45.jpg

२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढेको छ । बैङ्कको लगानी ७३ प्रतिशत बढेर रू. ३५ करोड ९ लाख पुगेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : कम्पनीको शेयरमूल्यबारे लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य ट्रेण्ड परिवर्तन हुने सङ्केत गर्दछ ।

आरएसआई : ओभर सोल्ड जोन (२१ दशमलव ९१ स्केल)मा छ । विक्री चाप बढेकोे छ ।

स्ट्याण्डर्ड डेभिएशन : ५ दशमलव ९४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा,  ट्रेण्ड लाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ८२ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ४ सय ९१ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा ३८ दशमलव ८६ प्रतिशत बढेर रू. ४ करोड ४३ लाख पुगेको छ । सञ्चालन नाफा ३८ दशमलव ८५ प्रतिशत र खुद ब्याज आम्दानी ६३ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २३ प्रतिशतबाट बढेर २४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ३२ दशमलव २७ प्रतिशत बढेर रू. ४२ करोड ८५ लाख पुगेको छ ।

- ब्याज आम्दानी ३४ दशमलव २७ प्रतिशत बढेर रू. २६ करोड ८७ लाख र ब्याज खर्च १२ दशमलव २३ प्रतिशत बढेर रू. १२ करोड ७५ लाख  पुगेको छ ।

- कर्मचारी खर्च २८ दशमलव ३७ प्रतिशत ,कुल सञ्चालन नाफा ६५ दशमलव ४६ प्रतिशत, अन्य सञ्चालन खर्च २२ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति १४ दशमलव ७० प्रतिशत बढेर रू. १० करोड ७८ लाख र अन्य सम्पत्ति ६७ दशमलव ९९ प्रतिशत बढेर रू. ४७ करोड  ४९ लाख पुगेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम साढे ६ गुणा बढेर रू. ४ करोड १२ लाख पुगेको छ ।

- पूँजी कोष लागात ४ दशमलव ७९ प्रतिशत र पूँजी कोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २२ गुणा, प्रतिशेयर आम्दानी १६ दशमलव ५२ र मूल्य आम्दानी अनुपात साढे ३० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ३ गुणा छ ।

Post Your Comment