Market Closed

सांग्रिलाको ९ लाख २ हजार कित्ता सेयर लिलामी बिक्री खुल्यो, यहाँबाट पाइन्छ भर्न

27 Mar,2018
  • shangrila-development-___3_27_2018_10_54_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको मंगलबार (चैत १३ गते) देखि ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
 
आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म हो । यसअघि बैंकले पुस १७ गतेदेखि माघ २९ गतेसम्म १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ११ हजार ७३२ जना आवेदकबाट ९९ लाख ६५ हजार ८०१ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार सबै हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । 
 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबार समेत सुरु गरिसकेको छ ।

हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिलाले १६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
 
 

Post Your Comment