Market Closed

सांग्रिलाको ९ लाख २ हजार कित्ता सेयर लिलामी भर्न मंगलबारसम्म मात्र समय

02 Apr,2018
  • shangrila-development-___3_4_2_2018_10_41_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले खुला गरेको ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामी भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । मंगलबार (चैत २० गते) भित्र लिलामी बोलपत्र पेश गरिसक्नुपर्नेछ । बैंकले चैत १३ गतेदेखि संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
 
बैंकले पुस १७ गतेदेखि माघ २९ गतेसम्म १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ११ हजार ७३२ जना आवेदकबाट ९९ लाख ६५ हजार ८०१ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यसबेला नबिकेका सेयर अहिले लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।

राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० गतेदेखि एकीकृत कारोबार गरिसकेको छ । हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिलाले १६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment