Market Closed

सांग्रिलाले दिने भयो ११.८०% लाभांश, २.५०% बोनसका साथमा ९.३०% नगद

24 Apr,2018
  • shangrila-development-bank-Ltd_4_24_2018_12_01_40.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश दिने भएको छ । बैंकले हालै बिक्री गरेको ८०% हकप्रदपछि कायम हुने २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ चुक्ता पुँजीको २.५०% बोनस र ९.३०% नगद दिनेछ । 
 
यस बैंकले बोनसमा ६ करोड ११ लाख ३० हजार ४०० रुपैयाँ र नगद लाभांशका लागि २२ करोड ७४ लाख ८ हजार ६७८ रुपैयाँ खर्च गर्नेछ । बोनसपछि सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment