Market Closed

सांग्रिलाको एजीएम असार १७ गते, २.५०% बोनस र ९.३०% नगद प्रस्ताव

10 Jun,2018
  • AGM_6_10_2018_11_47_46.jpg
नेपली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले असार १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । सांग्रिलाले साधारण सभा गर्न असार ४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
 
बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि यस बैंकको चुक्ता पुँजी  २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ भन्दा धेरै हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment