Market Closed

सांग्रिलाको २.५०% बोनसमा मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार ?

18 Jun,2018
  • shangrila-development-bank-Ltd_6_18_2018_11_13_33.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको २.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता १५९.०२ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २२८.५१ रुपैयाँ छ ।
 
सांग्रिलाले असार १७ गते हुने वार्षिक साधारण सभामा २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो । आइतबारसम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।
 
बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि चुक्ता पुँजी  २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सांग्रिलाले २५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment