Market Closed

१५ प्रतिशत बोनसका लागि सानिमाको सेयरधनी दर्ता किताब बन्द, समायोजन भाउ ६५८ रूपैयाँ

29 Sep,2016
  • sanima_bank(1)_9_29_2016_12_02_45.png
नेपाली पैसा 
काठमाडौं : सानिमा बैंकको १५ प्रतिशत बोनस सेयरका लागि बिहीबारदेखि सेयरधनी दर्ता किताब बन्द भएको छ ।
 
असोज २८ मा साधारण सभा गर्न बैंकले बुक क्लोज गरेको हो । बैंकको बोनस सेयरपछि मूल्य समाजित गरिएको छ । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार सानिमाको समायोजित भाउ ६५८ रूपैयाँ तोकिएको छ । औसत आधार मूल्य (बेस प्राइस) ५ सय ९२ रूपैयाँ छ । 
 
सानिमा बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लैजादैछ । 
 
बोनस सेयरपछि फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि बैंकले साधारण सभामा लैजाने भएको छ । 
 
बैंक सञ्चालक समितिको असोज ४ मा बसेको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । 
 
सानिमाले चुक्ता पुँजी बढाउन केही समयअघि मात्रै ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । 

Post Your Comment