Market Closed

सानिमाको साधारण सभा आज, १६% बोनस सेयर प्रस्ताव

15 Oct,2017
  • Sanima-bank-Ltd_10_15_2017_10_14_34.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंकको तेह्रौं वार्षिक साधारण सभा आइतबार (आज) ११ बजेदेखि सुरु हुँदैछ । साधारण सभामा १६% बोनस सेयर दिने प्रस्ताव गरिँदैछ । बैंकले कर तिर्न नगद लाभांश नदिएकाले सेयरधनीलाई भने बोनसमा लाग्ने कर आफैले तिर्नुपर्ने झन्झट थपिएको छ । साधारण सभा गर्न सानिमाले असोज ६ गते बुक क्लोज गरेको थियो । सभामा संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेस हुँदैछ । साधारण सभा नक्साल ब्याङ्केट नक्साल काठमाडौंमा बस्न लागेको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३० करोड १ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ । १६% बोनसपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । सानिमाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा छ ।
 

Post Your Comment