नेपाली पैसा
काठमाडौं : सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको कार्यकाल थपिएको छ । कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले दाहालको कार्यकायल अर्को ४ वर्षका लागि थप्ने निर्णय गरेको हो । बैंकले सोमबार दाहालको कार्यकाल थप भएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । माघ १२ गते देखि लागू हुने गरी उनको कार्यावधि थपिएको हो । दाहाल नबिल बैंकमा प्रमुख सञ्चालन अधिकृत, प्रमुख लगानी अधिकृत तथा प्रमुख वित्त अधिकृत हुदै सानिमा बैंकको नायब कार्यकारी अधिकृतबाट ४ वर्ष अघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।