Market Closed

सानिमा बैंकमा डिम्याट खाता खोल्दा छुट, अब के गर्नुपर्छ डिम्याट खोल्न ?

05 Jan,2018
  • Sanima-bank-Ltd_1_5_2018_10_59_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा छुट दिने भएको छ । बैंकले कर्मचारी सञ्चय कोषमा रकम बचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीलाई डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरेको हो । यसका लागि सानिमा बैंकका कुनै पनि शाखा कार्यालय वा सानिमा क्यापिटलमा सम्पर्क राख्न सकिनेछ । डिम्याट खाता सानिमा बैंकको देशभरको शाखा कार्यालयबाट खोल्न पाइन्छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी जलविद्युत आयोजना तथा मध्य भोटेकोशी जलविद्युत कम्पनीले निकट भविष्यमा साधारण सेयर (आइपीओ) निष्कासन गर्दैछन् । सोही आइपीओलाई मध्यनजर गरे सानिमा बैंकले डिम्याट खाता खोल्दा शुल्क छुट दिन लागेको हो । हाल आइपीओ निष्कासनका लागि डिम्याट खाता अनिवार्य छ । डिम्याट खाता खोल्नका लागि सक्कल नागरिकता र पासपोर्ट साइजको फोटो १ प्रति अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।   
 
 
 
 
 

Post Your Comment