Market Closed

सानिमा बैंकले शुन्य मौज्दात रहेका बैंक खाता बन्द गर्दै, ३५ दिनभित्र सक्रिय गराउन अपिल

27 Feb,2018
  • Sanima-bank-Ltd_2_27_2018_2_20_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंकले विगत १ वर्षदेखि निष्कृय रहेका बैंक खाताहरु बन्द गर्ने भएको छ । बैंकले शुन्य मौज्दात रही विगत १ वर्षदेखि कुनै पनि कारोबार नभएका खाताहरु ३५ दिनभित्र सक्रिय नगराए बन्द गर्ने गरिने जनाएको छ । खाता सक्रिय गराउन सूचना प्रकाशित भएको मिति (फागुन १५ गते) ले ३५ दिनभित्र खाता रहेको शाखामा गई पहिचान सम्बन्धी विवरण भर्नुपर्नेछ । यसअवधिमा पनि खाता सक्रिय नगराएमा पूर्व सूचना नदिई बन्द गरिने बैंकले जनाएको छ । 
 

Post Your Comment