Market Closed

सानिमाको रोकिएन गति, झनै चम्किंदा खुद नाफा २७.३२% ले यसकारण भयो वृद्धि

22 Apr,2018
  • Sanima-bank_4_22_2018_10_25_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले फेरि आफूलाई अग्नि परीक्षामा खरो उतारेको छ । निरन्तर लगानकर्ताको मन जित्दै आएको सानिमाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा पुनः आकर्षक नाफा बुक गरेर लगानीकर्तालाई सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको हो । 
सानिमाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ५६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भन्दा खुद नाफा २७.३२% ले वृद्धि भएको देखिन्छ ।

गत वर्ष बैंकले ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकले भारीमात्रामा चुक्ता पुँजी बढाउँदा पनि सोही अनुपातमा निक्षेप संकल र कर्जा प्रवाह विस्तार गर्न सकेको छ । लगानीका क्षेत्र विस्तार गर्दै आकर्षक नाफा आर्जन गर्न सानिमा सफल भएको हो । मुख्य कमाई मापन गर्ने ब्याज आम्दानी पनि आकर्षक हिसाबले माथि लैजान बैंक सफल भएको छ ।

सानिमाको खुद ब्याज आम्दानी २५.५९% ले बढेर २ अर्ब ७ करोड ६० लाख ९२ हजार रुपैयाँ पुगेको हो । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ६५ करोड २९ लाख ६४ हजार रुपैयाँ मात्र थियो । बैंकको सञ्चालन नाफा पनि २८% बढेर १ अर्ब ८४ करोड ९८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा १ अर्ब ४३ करोड ६१ लाख ६५ हजार रुपैयाँ थियो । खुद नाफा चुलिनुमा ब्याज आम्दानी नै प्रमुख कारक हो । 
 
निक्षेप ५३ अर्बबाट वृद्धि गर्दै ७१ अर्ब ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ पुर्याएको यस बैंकले ६४ अर्ब ३२ करोड २० लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सानिमाको खराब कर्जा  भने थोरै बढेर ०.१७% पुगेको छ । गत वर्ष खराब कर्जा ०.०४% मात्र थियो । चुक्ता पुँजी ५ अर्ब ३० करोडबाट बढाउँदै ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुर्याएको सानिमाले रिजर्भ कोषमा २ अर्ब २५ करोड ९३ लाख ६३ हजार जम्मा गरेको छ ।

चुक्ता पुँजीको आकार बढ्दै जाँदा सोही अनुपातमा रिजर्भ कोषलाई दरिलो बनाउनुपर्ने चुनौती सानिमालाई छ । सम्भावित जोखिमका लागि १९ करोड ९० लाख ५२ हजार रुपैयाँ छुट्याएको सानिमाले ७४ लाख ८० हजार रुपैयाँ राइट ब्याक गरेको छ । कस्ट अफ फन्ड ४.६८% बाट बढेर ७.३२% पुगेको छ । कर्जा निक्षेप अनुपात पनि ७८.१८% पुगेको छ । गत वर्ष कर्जा निक्षेप अनुपात ७५.१७% थियो । 
 
यता, सानिमाको प्रतिसेयर आम्दानीमा भने ३ रुपैयाँ ७३ पैसाको गिरावट आएको छ । गत वर्ष यही त्रैमासमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको प्रतिसेयर आम्दानी यसपालि २० रुपैयाँ २२ पैसा (वार्षिक) देखिएको हो । प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २४ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा थियो । 
 
 

Post Your Comment