Market Closed

सानिमा बैंकको प्रगति यात्रा, खुद नाफा १८.२४% ले बढ्दा अरु के–के भयो ?

30 Jan,2019
  • Sanima-bank-Ltd_8_15_2018_10_37_47.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९८ करोड २० लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिमा भन्दा १८.२४% ले नाफा बढाएको हो । गत वर्ष सानिमाले ८३ करोड ५ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ९४ करोड ९९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष यसैबेला वितरण योग्य नाफा ८० करोड ८३ लाख १९ हजार रुपैयाँ थियो । सानिमाको खुद ब्याज आम्दानी ४०.९९% ले बढेर १ अर्ब ९० करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ४२ लाख ५१ हजार रुपैयाँ थियो ।

यस्तै, सञ्चालन नाफा पनि १८.६३% ले बढाएर १ अर्ब ३९ करोड ३७ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सानिमाको सञ्चालन नाफा १ अर्ब १७ करोड ४८ लाख ७ हजार रुपैयाँ मात्र थियो । यो त्रैमास सम्ममा सानिमाले ८५ अर्ब ६८ करोड ८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २२ करोड ६९ लाख ७५ हजार रुपैयाँ कर्जामा लगानी प्रवाह गर्न सफल भएको छ । 
 
हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ करोड ५५ हजार रुपैयाँ छ । जगेडा कोषमा २ अर्ब ६४ करोड ३८ लाख ५१ हजार रुपैयाँ देखिन्छ । खराब कर्जा ०.०३% बाट थोरै बढेर ०.२५% पुगेको छ । कस्ट अफ फन्ड पनि ७.२४% बाट बढेर ७.५७% कायम भएको छ ।

सानिमाको कर्जा निक्षेप अनुपात ७८.२५% रहेको छ । बैंकले प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ ७० पैसाबाट बढाएर २४ रुपैयाँ ६२ पैसा पुर्याउन सफल भएको छ । सानिमाको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०४ पैसा छ । 
 
 

Post Your Comment