Market Closed

सहयोगीको खुद नाफा ५५ लाख ९९ हजार, प्रतिसेयर आम्दानी २९.३२ रूपैयाँ

08 Aug,2016
  • sahayogi_bikas_resize_8_8_2016_12_10_49.png
नेपाली पैसा 
काठमाडौं : सहयोगी विकास बैंकले नाफा सामान्यस्तरमा वृद्धि गरेको छ । 
 
बैंकले सात करोड ५५ लाख ९९ हजार रूपैयाँ खुद नाफा गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ५५ लाख ३५ हजार रूपैयाँ नाफा बढाउन सफल भएको हो । 
 
अघिल्लो आर्थिक वर्ष बैंकले जम्मा सात करोड ६४ हजार रूपैयाँमात्र नाफा कमाउन सकेको थियो । सहयोगीले १५ करोड ८१ लख १६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानीमा  बढोत्तरी गर्दा समग्र नाफा ५५ लाखभन्दा बढीले माथि लैजान बैंक सफल भएको हो । 
 
जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको सहयोगीको २५ करोड ७८ लाख ७७ हजार रूपैयाँ चुक्ता पुँजी छ । यो बैंकले रिजर्भ कोषमा १३ करोड ३७ लाख ३२ हजार रूपैयाँ सुरक्षित गरेको छ । 
 
बैंकले दुई अर्ब ७१ करोड ७४ लाख ४६ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २६ करोड ८६ लाख ७५ हजार रूपैयाँ कर्जा विस्तार गरेको वासलतमा देखाएको छ । 
 
दुई करोड ६६ लाख ५८ हजार रूपैयाँ सम्भावित जोखिममा राखेको सहयोगीले विगतमा जोखिम कोषमा राखेको दुई करोड १३ लाख ३४ हजार रूपैयाँ फिर्ता ल्याउन सफल भएको छ । 
बैंकको खराब कर्जा ०.१८ प्रतिशत, कोषको लागत ४.७५ प्रतिशत, प्रतिसेयर आम्दानी २९.३२ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.८६ रूपैयाँ रहेको छ । 
 
 
 
 

Post Your Comment